WHAT'S NEW?
Loading...

Chulachuli online Radio

गजल

ईन्धन डि. बी. भन्डारी
ऊ त्यो पारीको सुन्दर घना बस्तीमा।
एक्कासी घटेछ ठुलो दुर्घटना बस्तीमा।
निर्दयि प्रकृतिले घातक प्रहार गरेछ,
गर्दै नगरी कुनैपनि सूचना बस्तीमा।
हिजो यहि सिङ्गो संसार लाग्थ्यो,
आज मात्रै म छु एकजना बस्तीमा।
उता तिमी खुब खुशिले रमाईरहेछौ,
यता भने छाईरहेछ वेदना बस्तीमा।
ति सारा का सारा खरानी भए आज,
जे जति थिए मेरा सपना बस्तीमा।
ईन्धन डि. बी. भन्डारी, गुल्मी
हाल : रेगिस्तान मरुभूमी

0 प्रतिकृया: