WHAT'S NEW?
Loading...

Chulachuli online Radio

गजल


टिकाराम सिंह
कसलाई के था ढुंगाको नि दिल हुन सक्छ
जुन बिनाकै रात पनि झिलमिल हुनसक्छ
तिललाइ यदि बिशाल पहाड बनाइन्छ भने
पहाड पनि त टुक्रियो भने तिल हुन सक्छ
तिमि छौ र जीवित छु म तिमि रहिनौ भने
बाच्न त के मर्न समेत मुस्किल हुन सक्छ
उसलाई आज उफ्रिन देउ नसा पिएको छ
छोड्यो भने मदिराले उ सिथिल हुन सक्छ
छोरा छोरी आधुनिक भाषा भन्दै बोल्छन 
बाआमालाई त्यहि कुरा अस्लिल हुन सक्छ 
टिकाराम सिंह

0 प्रतिकृया: