
शिर झुकाउनु भन्दैछन म के गरौं ??
पाउ दबाउनु भन्दैछन म के गरौं ??
प्रलोभनको जाल मै माथि फ्याँकेर ।।
आगो लगाउनु भन्दैछन म के गरौं ??
बिबश बनाई मान्छे मार्न लगाएर ।।
धर्म बचाउनु भन्दैछन म के गरौं ??
सर को मन बहलाऊन कमीशन ।।
लिएर आउनु भन्दैछन म के गरौं ??
झूटो बयान दिएन भने सई साब ।।
धुलो चटाउनु भन्दैछन म के गरौं ??
1 प्रतिकृया:
Thanks guru
Post a Comment