WHAT'S NEW?
Loading...

Chulachuli online Radio

पञ्चकन्या र जोगमाईको साधारणसभा

 देवीप्रसाद उप्रेतीलाई पुन अध्यक्षमा चयन गर्दै  पञ्चकन्या बहुउदेश्यीय सहकारी संस्था लि. सूर्योदय नगरपालिका ६ फिक्कलको एघारौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष उप्रेतीको अध्यक्षता एवम बयोबृद्ध समाजसेवी नरबहादुर बस्नेतको प्रमुख आथित्यतामा सम्पन्न सभामा २३ लाख रुपैंयाँ आम्दानी र २० लाख रुपैंयाँ खर्च हुनको साथै ३ लाख रुपैंयाँ खुद नाफा भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
नवगठित समितिको उपाध्यक्षमा जीवनकुमार सापकोटा कोषाध्यक्षका गोबिन्द गड्तौला चयन भएका छन् । यस्तै सदस्यहरुमा  प्रेम शर्मा,  कमल पौडेल, इन्दिरा कटुवाल, मिलन क्षेत्री, भुवन राज ढुङगाना, रविन तिमसिना रहेका छन् । अधिवेशनले लोकनाथ भट्टराईको सयोंजकत्वमा मानवीर लाप्चा र सुरज ढुङगाना सदस्य रहेको लेखा समिति समेत चयन गरेको छ । 
यता जोगमाई स्थित महिला जोगमाई बहुउद्देश्यीय सहकारी संस्थाको १२ औ साधारण सभा आईतबार इलामको जोगमाई ५ स्थित ज्ञानोदय माविमा सम्पन्न भएको छ ।  संस्थाकी अध्यक्ष प्रविना राईको अध्यक्षता तथा एमाओवादी जोगमाईका पार्टी सचिव दुर्गा महत, मानव अधिकार तथा मेलमिलाप समितिका अध्यक्ष अम्मर थामीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाकी व्यवस्थापक कविता राईले १७ लाख ४९ हजार रुपैंयाँ बराबरको आयव्यय प्रस्तुत गरेकी थिईन ।
sandakpuronline.com

0 प्रतिकृया: