
बत्ती निभाएर के के कुरा बनाउँछौ
हात काटिदिन्छौ अनि चुरा बनाउँछौ
मेरा आँखाहरु सपनामा डुबाएर
जीवन रङहरु सब मधुरा बनाउँछौ
भोलि कहाँ खै के पढ्लान् तिम्रा नानीहरु
पुस्तक जलाएर आज छुरा बनाउँछौ
उड्नै पाउँदैनन् निर्दोष यी पुतलीहरु
यो बस्तीमै किन हो माकुरा बनाउँछौ
झन्डा बोक्दाबोक्दा यो सडकमै म रितिन्छु
मात्र तिमी आफूलाई पूरा बनाउँछौ
0 प्रतिकृया:
Post a Comment