WHAT'S NEW?

Chulachuli online Radio

देउमाई नगरपाकिाको मङगलबारेमा एक लाख राशिको फुटवल हुँदै

खेलकुद क्षेत्रको माध्यबाट पश्चिमी इलामको देउमाई नगरपालिका ३ स्थित मंगलवारे बजारमा तेस्रो अन्तराष्ट्रि गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ ।
 इलामको पश्चिमी व्यापारी केन्द्रको रुपमा परिचित मंगलवारे बजारलाई थप पर्यटन विकासमा समेत अगाडी बढाउन स्थानीयबासीले खेल प्रतियोगिताको  आयोजना गर्ने भएका हुन । 
      स्थानीय संघसंस्थाको पहलमा आगामी बैशाख ५ गते देखी १३ गते सम्म देउमाइ नगरपालिका ३ स्थित भानुभक्त उच्च माविको खेल मैदानमा लण्डन आइस मंगलवारे अन्तराष्ट्रि गोल्डकप प्रतियोगिता गर्ने भएको आज इलाममा पत्रकार सम्मेलन गरेर आयोजकले जनाएको छ । 
   स्थानीय त्रिवेणी युथ क्लब, इलाम उद्योग वाणिज्य संघको शाखा मंगलवारेको संयुक्त आयोजना तथा लण्डन आइसको मुख्य प्रायोजनमा प्रतियोगिताको आयोजना हुने भएको  आयोजक समितिका सचिव सुवास घिमिरेले जानकारी दिए ।  


  उक्त प्रतियोगिता पूर्वाञ्चलको धरान, धनकुटा, मोरङ, झापा, इलाम, पाँचथर तथा  भारतको दाजिलिङ र सिक्कमका गरि ८ टिमको सहभागिता रहने खेल सञ्चालन समितिका अध्यक्ष दिलिप श्रेष्ठले जानकारी दिए । तीन बर्ष देखी आयोजना हुँदै आएको प्रतियोगितालाई गत बर्षहरुमा भन्दा यस बर्ष अझ ब्यवस्थित बनाएर लैजाने बताइएको छ ।
  प्रतियोगिताका विजेतालाई नगद रु १ लाख १ सय ११ रुपैयाँको राशिले पुरस्कृत गरिने छ । द्धितिया हुने प्रतियोगिले ६१ हजार १ सय ११ रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने इलाम उद्योग वाणीज्य संघ शाखा मङ्लबारेका अध्यक्ष मात्रिका घिमिरे लाजकारी दिए । सान्तवना हुने दुई टिमले १५÷१५ हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाण पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा करिव १३ लाख रुपैया खर्च हुने आयोजकले अनुमान गरेको छ । उक्त प्रतियोगितालाई इलामका विभिन्न संघसंस्था, जिल्ला विकास समिति इलाम लगायत उद्योग व्यवसायि, स्थानीय व्यक्ति तथा दर्शकहरुले आर्थिक सहयोग गर्ने बताइएको छ । प्रतियोगिता हेर्न आउने दर्शकले रु ५० देखी एकसय रुपैयाँको टिकट काट्नु पर्ने छ  । पत्रकार सम्मेलनमा जिल्ला फुटवल संघका अध्यक्ष निरोज खड्गीले पछिल्लो समय इलाममा खेलकुद क्षेत्रको विकास हुँदै गएको बताए

sandakpur online .com

0 प्रतिकृया: