WHAT'S NEW?
Loading...

Chulachuli online Radio

नेपाली युवती बलात्कार गर्नेलाई मृत्युदण्डबाट बचाउन अपिल

  नेपाली युवतीलाई बलात्कार गर्ने बंगालीलाई मृत्युदण्डबाट जोगाउन बंगलादेश सरकारले पीडितलाई पहिचान गरी बचाइदिनको लागि नेपाल सरकारसमक्ष आग्रह गरेको छ । घरेलु कामदारमा कुवेत पुगेकी नेपाली युबतीलाई बलात्कार गरेको प्रमाणित भएपछि कुवेतको अदालतले बंगालदेशी नागरिक सल्हलुम हुसेनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । कुबेतस्थित बंगलादेश दुताबासले पीडिक तर्फबाट पीडितलाई २५ सय कुवेती डिनार (करिब साढे आठ लाख रुपैयाँ) दिन प्रस्ताव गरेको छ । 'पीडकका भाइले पीडितलाई २५ सय डिनर दिने प्रस्ताब गरेको पत्र बंगलादेशी दुतावासले दिएको छ,' श्रम सहचारी गोमादेबि ढकाल पौडेलले कान्तिपुरलाई भनिन्, 'पीडितलाई पहिचान गरेर प्रस्तावित रकम स्वीकार गरी क्षमादान दिन आग्रह गरेको छ ।' ती बंगालदेशी नागरीक हसुनेले २००९ मा श्रेष्ठ थरकी नेपाली युवतीलाई बलात्कार गरेको थियो । अदालतले सन् २०११ मै पहिलो पटक मृत्युदण्डको फैसाला सुनाएको थियो । त्यसपछि पीडकले अपिल गर्दा पनि माथिल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएपछि पीडक परिवारले पीडित पक्षलाई खोजी गर्न थालेको हो । पीडित कुवेत रहेको बेला नेपाली दुताबास स्थापना भइसकेको थिएन । ती पीडितको नाम र पासपोर्ट ठेगाना मात्रै दुताबासले प्राप्त गरेको छ । 'त्यतिखेर घटना घटेपछि पीडित नेपाल फर्किसकेको रहेछ । हामीसँग पीडितको सबै बिबरण प्राप्त गरेको छैन,' श्रमसहचारी ढकालले भनिन, 'पासपोर्ट नम्बरको आधारमा ठेगाना पत्ता लगाइदिन परराष्ट्र मन्त्रालयलाई पत्रचार गरेका छौं ।' पीडितले पीडकको तर्फबाट प्रस्ताबित रकम लिएर माफी दिएमा हुसेन मृत्युदण्डबाट जोगिन सक्ने भएकोले बंगालादेश दुताबासले पीडित पहिचान गर्न नेपाल सरकारको सहयोगको अपेक्षा गरेको हो । 'उहाँहरु (बंगालदेश दुताबासका अधिकारी) यसबारे निरन्तर सम्पर्कमा आइराख्नुभएको छ,' उनले भने, 'पीडितको पहिचान नभएकोले हामीले आधिकारिक खबर दिइराख्न सकेको छैन् ।'  
EKANTIPUR.COM

0 प्रतिकृया: