WHAT'S NEW?
Loading...

Chulachuli online Radio

ओस्प्रे विमान पहिलोपटक नेपालमा

 सैनिकहरुले समुन्द्र र हवाई लडाइमा अत्याधिक प्रयोग गर्ने चार वटा भी–२२ ओस्प्रे विमान पहिलोपटक नेपालमा भुकम्पनको उद्धारकालागी आइपुगेका छन् ।
छोटो दुरीको रनवे (स्टल) र भर्टीकल अवतरण गर्ने क्षमताका यी जहाज ६ बजे काठमाडौंमा आइपुगेका हुन् । यी जहाजमा आकासमै ‘एयर–टू–एयर फिउलिङ्ग’ गर्न मिल्छ ।  
आज बैंककबाट आएका यी हेलिकप्टर अमेरिकी सेनाले अमेरिकाबाट ल्याएका हुन् । त्रिभुवन विमानस्थलका कामु प्रवन्धक विरेन्द्र प्रसाद श्रेष्ठका अनुसार, आइतबार आएका यी हेलिकप्टर भुकम्प प्रभावित जिल्लाहरुमा उद्धारकालागी परिचालन हुनेछन् । आज आइपुगेका यी हेलिकप्टरले राहत सामाग्री ल्याएर आएका हुन् । अमेरिकी सैनिकहरुले यसअघि हरकुलस विमानमा सामान ल्याउदै आएको थियो ।
बोइङ्ग कम्पनीले उत्पादन गर्ने यो जहाज परम्परागत हेलिकप्टरको दाजोमा उपयोगी मानिन्छन् ।  एकै स्थानमा लामो समय स्थीर हुन पनि सक्ने विमानमा दुइ जना चालकले उडाउछन् । व्यवसायिक भन्दा विशेष गरी सैनिक अपरेशनमा यो प्रयोग हुदै आएको छ । यो अति कम उचाइदेखी २५ हजार फिट सम्म उड्न सक्ने  एडभान्स विमान हो । यस्मा २४ देखी ३२ जना सैनिक अटाउने क्षमता हुन्छ । यस्को गती प्रति घन्टा ५ सय किलोमिटर हुने गरेको बोइङ्गले आफ्नो वेवसाइटमा लेखेको छ । पानी जहाजमा टेकअप र ल्यान्डिङ्ग गर्ने क्षमताको यी हेलिकप्टरको पंखा ‘रोटेड’ र ‘फोल्ड’ गर्न मिल्छन् ।
यसैबीच, भारतीय सेनाका १२ वटा हेलिकप्टर भूकम्प पीडितको उद्दार र राहतका लागि परिचालित छन् । सोमबार चिनियाँ सैनिक पनि हेलिकप्टरसहित आउँदैछन् ।

0 प्रतिकृया: