WHAT'S NEW?
Loading...

Chulachuli online Radio

फिक्कलका महिलाहरु पत्रकारिता तालिममा आकर्षित

कमला थापा
  घर भित्रको चुल्हो चौको चियाको बुटा र कुटो कुदालोमा रमाउने इलाम इलामका महिलाहरु यतिवेला पत्रकारिता सिक्नमा व्यस्थ छन । प्रविधिको विकाससंगै उनीहरु यतिवेला चिया र कुटोकोदालोलाई केहीसमय थाँती राखेर पत्रकारिता तालिममा सहभागी हुन थालेका हुन । महिलाहरुका लागि कमै अवसर हुँदा प्रविधिसंग अपरिचित महिलाहरु यस पटक देखी आमसञ्चारको ज्ञान लिन भेला भएका छन ।
अन्र्तरपार्टी महिला सञ्जाल तथा महिला समन्वय समिति र सूर्योदयनगरपालिका फिक्कलद्धारा संयुक्त रुपमा सञ्चालित आधारभूत पत्रकारिता तथा रेडियो उद्घोषण सम्वन्धी पाँचदिने तालिममा महिलाहरुलाई अवसर दिलाइएको हो । पाँचदिने पत्रकारिता तालिममा सुर्योदयनगरपालिकाका ३० जना युवा महिलाहरुको सहभागीता रहेको छ । तालिममा सहभागी स्थानीय कलिका राईले पत्रकारिता तालिम सिक्ने मौका आफूलाई मिलेकोमा खुसी व्यक्त गदै उहाँले यस तालिमले समाजमा खुलेर आफ्ना कुरा राख्न सक्ने तथा समाजसुधारमा लाग्ने आशा लिएको बताउनुभएको छ ।
यस्तै अर्की सहभागी गीता राईले पत्रकारिता सिक्ने इच्छा पहिलादेखी नै भएपनि अहिले सम्म नपाएको अवसर यस पटक यो संस्थाले आफूलाई दिलाएको भन्दै खुसी व्यक्त गनुभयो । अन्य महिला दिदिबहिनीहरुले पनि आफूहरुले यस तालिमबाट ठूलो उपलब्धी मिल्ने बताउँदै भविष्यमा रेडियोमै कार्यक्रम उद्घोषक बनेर समाजमा नाम राखने पनि रहर रहेको बताएका छन ।
घरायसी कामकाजमा मात्र ब्यस्त हुने दिदी बहीनिहरुलाई यस पटक पत्रकारिता सम्बन्धि ज्ञानको सीप पनि दिलाउदै समाजको विकासमा समेत अग्रणी भूमिका निर्वाह गराउन तालिमको आयोजना गरिएको अन्र्तरपार्टी महिला सञ्जाल सुर्योदयनगरपालिकाकी अध्यक्ष चित्रकला बराईलीले बताउनु भयो । पाँच दिने तालिमलाई नेपाल पत्रकार महासंघ इलाम शाखाका उपाध्यक्ष तथा रेडियो फिक्कलका राजकुमार दहाल र प्रशिक्षक बिनु राईले प्रशिक्षण दिइरहनु भएको छ । भने टेक्निकल तर्फ रेडियो फिक्कलका प्राविधिक जय राईले सहजिकरण गरिरहनुभएको छ ।
आधारभुत पत्रकारिता रेडियो उद्घोषण सगै नेतृत्व बिकासमा महिलाहरुको क्षमता अभिवृद्धि गराउने लक्ष्य राखेको समेत प्रशिक्षक दहालो भनाई छ । महिला समन्वय समितिकी अध्यक्ष मुक्ता शर्माको अध्यक्षता तथा सू न पा का कार्यकारी अधिकृत गोपाल लिम्बुको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी दुर्गा बराल, मनकामना सहकारी सस्थाकी अध्यक्ष अनिता श्रेष्ठ, स्थानीय हेम माया प्रधान, गिता राई लगायतले शभकामना मन्तब्य राख्नु भएको थियो । सूर्योदयनगरपालिका फिक्कलको सहयोगमा भएको तालिम ५ दिने सम्म तालिम सञ्चालन हुने छ ।

0 प्रतिकृया: