स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार लिवाङ गाविसमा मात्रै १८ जना पुरिएका छन् । जसमा लिवाङ-२ मा १२ जना पुरिएको स्थानीय शिक्षक मात्रिका शेर्पाले जानकारी दिएका छन् ।
वडा नं ३ मा ६ जना पुरिएको स्वास्थ्य चौकीका इञ्चार्ज भरत विकले बताए । विकका अनुसार उनीहरुको शव निकालिसकिएको छ । थिङलावु गाविसमा १३ जना पुरिएका छन् भने सान्थाक्रा र खोक्लिङ गाविसमा तीन/तीन जना पुरिएको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार उनीहरुको पनि शव निकालिसकिएको छ ।
पहिरो र मेवा खोलामा आएको बाढीले थुम्वेवा प्रावि लिवाङ-२, नाक्ला प्रावि सावादिनको विद्यालय भवन बगाएको छ । मेवा खोलाको पहिरोले दुईवटा झोलुङ्गे पुल बगाएको छ भने आठ वटा घर भएको रामदुवाली बजार बगाएको छ । जिल्लाकै दोस्रो ठूलो दोभान बजारका बासिन्दालाई भने रातिदेखि नै सुरक्षित स्थानमा सारिएको प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए । उद्धारका लागि प्रहरी र नेपाली सेनाको टोलि खटिसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
0 प्रतिकृया:
Post a Comment