WHAT'S NEW?
Loading...

Chulachuli online Radio

मेरो कबितामा तिमि छौ

तिमीलाई सम्झेर कबिता लेख्नु को मज्जा नसोध
तिमीलाई कल्पेर गजल कोर्नुको मज्जा नसोध
नसोध तिमी कविताका भाब
नसोध गजलका शेरहरु
जो तिमीमा समर्पित छन
जो तिमीमा समाहित छन
जो तिमी द्वारा श्रिङ्गारिक छन
जो तिमि द्वारा पूर्ण छन
हो,मेरा हरेक रचनाहरु
मेरा हरेक सिर्जनाहरु
तिमि बाटै सुरु हुन्छन
तिमि बाटै अन्त्य पनि ………
जसरी लाखौ फूलहरुको सुगन्ध,
पवन बाट छुट्याउन सकिन्न
जसरी आकाश बाट ,
घाम जून हटाउन सकिन्न
जसरि खोला बाट बगर
लुकाउन सकिन्न
त्यसरी नै…………
हो,त्यसरी नै,
मेरा हरेक शब्दमा तिमी हुने गर्छौ
मेरा हरेक वाक्यमा तिमी हुने गर्छौ
मेरा हरेक कबितामा तिमी हुने गर्छु
मेरा हरेक शेरहरुमा तिमि हुने गर्छौ
मेरा हरेक प्रणील भावमा तिमि हुने गर्छौ
किन कि,………
हो,मेरा हरेक रचनाहरु
मेरा हरेक सिर्जनाहरु
तिमि बाटै सुरु हुन्छन
तिमि बाटै अन्त्य पनि ………
जसरी कमलका पत्रदलहरु
दह माथी तैरिरहेका हुन्छन
जसरि झरनाका अनियन्त्रि बेगहरु
चट्टान माथी खुशी-खुशी पोखीरहेका हुन्छन
जसरी मिर्मिरेमा हरेक दुबोका टुप्पाहरुले
प्रभातकालीन शीतका कणहरु बोकी रहेका हुन्छन
त्यसरी नै,
हो!त्यसरी नै ……
तिम्रा प्रेमिल बातहरु कवितामा तैरिरहेका हुन्छन
तिम्रा दुख पीडाहरु गजलका शेरहरुले बोकिरहेका हुन्छन
तिम्रा यादहरु शब्द-शब्दहरुले बोलि रहेका हुन्छन……
किन,कि………
हो,मेरा हरेक रचनाहरु
मेरा हरेक सिर्जनाहरु
तिमि बाटै सुरु हुन्छन
तिमि बाटै अन्त्य पनि ………
कल्पना राई"खुशी"
दोलखा, नेपाल
हाल : दक्षिण कोरिया

0 प्रतिकृया: