WHAT'S NEW?
Loading...

Chulachuli online Radio

‪गजल‬

हामी परिश्रमको पाठ सिकौ कमीलाबाट।
र बिसाल सागर निर्माण गरौ बछिटाबाट।
अक्सर मान्छे असनतुष्ट हुन्छन् आफैमा,
मैले यहि बुझेकोछु जीवनको नतिजाबाट।
महलमा हुनेलाई चौरासी ब्यान्जन रुच्दैन,
झोपडिमा त गुजरा चलेकै छ कनिकाबाट।
ति महासय! कता हराउनु भयो खै कुन्नी?
हिजो चुनाव लड्नु भएको थ्यो हसियाँबाट।
अब उप्रान्त जलाउने असफल प्रयास नगर्नु,
'राग'जल्दै जल्दैन जीवन्त अग्नि परिक्षाबाट।
 ▬ सुवास'राग'
चुला चुली इलाम

2 प्रतिकृया:

Unknown said...

क्या बात !!

Prakash blog store said...

राम्रो छ