- पुलकाे जग निमार्ण लगभग अन्त्यतिर
- साँघुरी बस्तीको सपना सरकारको आशामा
- कविता ।पारिजात।
- कविता:''अभाव''
- कविता – म साँच्चै दया लाग्दो छु ?
- कविता -- म नारी हुँ
- rai song
- कविता - उधारो जिन्दगी
- चुलाचुली पल्टीमारी प्रवासी संजाल को पौरखी बस्ति बाट प्रवास मा हुने साथि हरु को हामि लाइ प्राप्त नामावली
- यस्तो छ भारतले पठाएको ७ बुँदे संशोधन प्रस्तावः
- कविता - कला अनुरागी
- मुक्तक - आचार्य प्रभा, झापा।
- नेपालको संविधान २०७२ अनलाईन पढ्नुहोस।
- निरन्तर पोस्टर कविता
- चुलाचुलि ७ को उज्वल बस्ति को प्रवास मा हुने हरु को नामावली
- ओराङफुङ जस्तै गायिका देशु सुहाङ
- चुलाचुली ७ पल्टीमारी बाट बैदेसिक रोजगारी मा गएका केहि युवा हरु को नामावली
- अब आउदै छ गजल ईन्द्रेणी
- गजल
- जून, फूल र जुनकिरी
सम्पादकीय...
साहित्य आकासमा सुनौला अक्षरले सँगमलाई चम्काउने छौं।
शब्द शब्द उनेर माला बनाउने क्रममा तपाइहरुको यो मिठो माया न्यानो अङालोलाई अनि सुमधुर साथको लागी हृद्य देखी नै आभार ब्यक्त गर्दछ सँगम साहित्य परिवार। भनिन्छ नगरि केहि पनि हुन्न र गरे के हुन्न? यसै उखानलाई सिरोधार्य गरेर हामी साहित्यको फाँटमा यसरि बामे सरि राखेका छौ कि २ सालको बच्चा जसरि घस्रन्छ त्यसरि नै। हस्त लिखित भित्ते पत्रीकाबाट पाइला टेकेको सँगमले केहि बर्ष हवाइ पत्रीका प्रकासनको पनि अनुभब बटुलेको छ ति नै अनुभब र अनुभुतीहरु लाई अघी लाएर प्रबिधीले सबै कुरा लाई इन्टर्नेट मा पुर्याइदिए पछी हाम्रो सँगम लाई पनि त्यहाँ सम्म हुत्याउने प्रयास हाम्रो आजकाल रहदै आएको छ हामीले सँगम लाई इन्टर्नेटमा दुइ किसिमले हाम्रा आत्मिय मित्रहरुलाई समर्पण गर्न खोजेका छौ एउटा पत्रीकाको माध्यम अनि अर्को रेडियोको माध्यम एकै ठाउमा दुइ तरिक ले उपस्थित हुने गरेका छौ । जहाँ हामीले सँगमलाई जन्मायौ जहाँबाट सँगमको सुरुवात भयो त्यही पबित्र भुमी चुलाचुली गाउ बिकास समितीको नामबाट हामीले अनलाईन साहित्यिक रेडियो लाई नामाकरण गरेका छौ "चुलाचुली अनलाईन रेडियो" भनेर। आजकाल चुलाचुली अनलाईन रेडियोमा नेपालका बिभिन्न रेडियो स्टेसनहरुबाट बजेका साहित्यिक रेडियो कार्यक्रम हरुको साथमा बिभिन्न भाषा भासी बिभिन्न संस्कार सस्कृती र परम्परा झल्कने सुमधुर नेपाली गित संगितहरु गुन्जाउने गर्दछौ। र भबिस्यमा भने यो रेडियोलाई साहित्यिक कार्यक्रमले मात्रै पुर्ण रुपमा संन्चालन गर्ने हाम्रो योजना छ र अनलाईन पत्रीकालाई भनें बिभिन्न साहित्यिक सामाग्रीका साथमा समयानुकुल बजार ब्यवस्थापनलाई पनि मध्य नजर राख्दै अन्य अनलाईन पत्रीका झै प्रकासन गर्ने पहल रहने छ हाम्रो। हाम्रो प्रकासन प्रसारणलाई एकदमै माया गर्ने साथीहरु स्वदेस तथा बिदेसमा पनि रहनु भएको छ वहाँहरु कै सल्लाह सुझाब माया ममता र प्रतिकृयाहरुलाई मनन गर्दै हामी हाम्रो प्रकासन/प्रसारणलाई सुधार गर्दै अगाडी बढने छौ। गरेका कामलाई खण्डन गर्ने भन्दा पनि कमजोरी औल्याइदिने साथी हरु/पाठक/श्रोता हामीले पाएको हुनाले हामी निक्कै उत्साहित छौ। भएका गल्ती कमजोरीलाई सुधार गर्दै साहित्य आकासमा सुनौला अक्षरले सँगमलाई चम्काउने छौ अनि सुमधुर आवाजले त्यही आकासमा गुन्जाउने छौ ।सबै सज्जन बर्गहरुको माया सल्लाह सुझाब हामीले दैनिक रुपमा पाउने पनि आशा राखेका छौ।
जय साहित्य जय कलम
प्रधान सम्पादक
0 प्रतिकृया:
Post a Comment