मालपोत कार्यालयमा कहिले घूस लिने, कहिले अनियमितता, कहिले कर्मचारी भेटिदैनन, जस्ता विषयमा व्यापक जनगुनासो आइरहेको बेलामा आइतबार अर्को गुनासो सेवाग्राहीले भोग्नु प¥यो । जग्गा पासको विषयमा इलाम नगरपालिका २ स्थित कुलधाराबाट आएका सेवाग्राहीले सानो काममा मालपोतकै प्रमुखबाट हैरानी भएको गुनासो गरेका छन ।
करीव दिउँसो साढे १ बजेको समयमा कुलधाराका निवासी रेणुुका श्रेष्ठले भोग्नु परेको समस्या हो । उनी स्वर्गीय श्रीमानको नाममा रहेको जग्गा आफ्नो नाममा नामसारी गर्नका निम्ति सम्पूर्ण कागजात पुरा गरि मालपोत प्रमुख कहाँ तोक लगाउनका लागि गएकी थिइन । तर एउटा फाइल हेर्नका लागि प्रमुखले दिनभरी नै लगाएर हैरानी बनाएको श्रेष्ठको गुनासो छ । एउटा कामका लागि स्थानिय क्षेत्रबाट आएका सेवाग्राहीलाई नै त्यतिको समय लगाइन्छ भने घण्टौ समय लगाएर दुर्गम क्षेत्रबाट आएका सेवाग्राहीले भने कति सास्ती भोग्नु पर्दो उनको समस्या थाहा पाइसकेपछि अन्य सेवाग्राहिको प्रतिक्रिया छ । अधिकांश सेवाग्राहीहरुको दैनिक जसोको गुनासो प्रमुखको कार्यकक्षबाट ढिलासुस्ति हुने गरेको सुन्न पाइन्छ । आइताबार मालपोत कार्यालयमा ग्रामिण भेगबाट जग्गापास गर्न आएका एक सेवाग्राहीले पनि गुनासो गर्दै भने ‘प्रमुखले चिनेजानेको व्यक्तिको फाइल एक नजर लगाउने वितिकै विना सोधपुछ तोक लगाएर पठाए तर आफूले भने घण्टौं कुर्नु प¥यो । ’ उनी जस्ता धेरै सेवाग्राहिले मालपोत प्रती ढिलासुस्ती सम्वन्धि गुनासो गर्ने गरेका छन् । ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपालको सर्वेक्षणमा समेत इलामको मालपोत कार्यालय जिल्लाकै अनियमितता र ढिलासुस्तिमा अग्रणी स्थानमा देखिएको छ ।
0 प्रतिकृया:
Post a Comment