WHAT'S NEW?

Chulachuli online Radio

मिस पुर्वाञ्चल’

रुबेला नाटक मञ्चन हुने विराटनगरको गुरुकुल नाटकघरको मञ्चमा बुधबार सुन्दरीहरुको नाचगान चल्यो । धरानमा भईरहेको ‘मिस पुर्वाञ्चल २०१५’मा सहभागी सुन्दरीहरु आफ्नो प्रतिभा प्रस्तुत गर्न गुरुकुल पुगेका हुन् । ‘मिस पुर्वाञ्चल’को उपाधी होडमा रहेका अधिकांश सहभागीहरुले नृत्य प्रस्तुत गरे । केहीले गीत गाए भने केहीले वक्तृत्वकला प्रस्तुत गरे । ‘ट्यालेन्ट सो’मा उत्कृष्ट प्रस्तुती दिने विजेतालाई आगामी चैत्र २७ गते धरानमा हुने प्रतियोगिताको फाइनलका विजेतासँगै नगद ७ हजार र उपहार प्रदान गरिनेछ । ट्यालेन्ट राउन्डको निर्णायकमा गायकहरु सुमित खड्का , सपन श्रेष्ठ र एपी शेर्पा तथा एनआरएन हङकङका सल्लाहकार धन थापा , नृत्य निर्देशक देवराज खड्का, साउण्ड इञ्जिनियर सुन्दर श्रेष्ठ थिए ।
                                                                                                                  urbeli newsonline

0 प्रतिकृया: