राती भुकम्प भएको भन्दै भाग्ने क्रममा इलाम नपा ५ का छत्रबहादुर चाहार ९ढाडमा चोट० र दानाबारीकी गोमा अधिकारी ९खुट्टामा चोट० घाइते भएका हुन् । त्यस्तै इलाम नपाका ३ र ७ नम्बर वडाका ४ घर, देउमाई नपाका ३ घर, नामसालिङ गाविसको १ घर र पूmएतप्पा गाविसका ९ घर चर्किएर बस्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
इलाममा ठूला क्षति हुन नपाएपनि आइतबारसम्म पटक पटक भूकम्प आइरहेकाले त्रास भने बढिरहेको छ । भूकम्प गएपछि आइतबार बिहान जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेर सबैलाई संयम भएर सुरक्षित रहन आग्रह गरेको छ । भूकम्पबाट देशभर मृत्यु भएका ब्यक्तिहरुको श्रद्धाञ्जलीस्वरुप एक मिनेट मौनधारण गरेर शुरु गरिएको बैठकले प्रभावित क्षेत्रको मानवीय तथा भौतिक क्षति र अवस्थाको तत्काल लगत संकलन गर्नेसहितका पाँचवटा निर्णय गरेको छ ।
लगत संकलनका लागि हरेक गाविसमा गाविस सचिव तथा नगरपालिकामा कार्यकारी अधिकृतको नेतृत्वमा स्थानीय नागरिक वडा मञ्च तथा सचेतना केन्द्र, प्रहरी र रेडक्रसको सहभागितामा समिति बनाइने जनाइएको छ । त्यस्तै इलाम जिल्लाका सम्पूर्ण विद्यालय सोमबार ९आज०देखि चारदिन विदा दिन जिल्ला शिक्षा कार्यालयमार्पmत निर्देशन गर्ने, इलाम बाहिर भूकम्पबाट घाइते भएकाहरुका लागि रेडक्रस तथा जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा रगत संकलन गर्ने र पठाउने, टेलिफोन तथा मोबाइल, विद्युत, स्वास्थ्य र खानेपानी जस्ता प्राथमिक आवश्यकताका कुरा २४सै घण्टा अपडेट राख्न सम्बन्धित निकायहरुलाई निर्देशन दिने अनि इलाममा चाहिने र केन्द्रीय दैवी प्रकोप उद्धार समितिमा पठाउनका लागि राहत संकलन कार्य गर्ने तथा जिल्ला दैवी प्रकोप उद्धार समितिको नाममा रहेको बैंक खातामा राहत सहयोग जम्मा गरेर सहयोग गरिदिन सबैलाई सञ्चारमाध्यममार्पmत आग्रह गर्ने निर्णय समितिले गरेको छ ।
यसैबीच शनिबारदेखि पटकपटक आइरहेको भूकम्पले हजारौँ नेपालीको ज्यान लिएको र हजारौँ घाइते बनाएको तथा अर्बौ सम्पत्ति ध्वस्त भएको एवम् लाखौँ नागरिक सुरक्षाका लागि घरबाहिर बस्न बाध्य भएको अवस्थाप्रति स्तब्ध भएको जनाउँदै इलामका राजनीतिक दलहरुले विज्ञप्ति निकालेर श्रद्धाञ्जली तथा सहानुभूति प्रकट गरेका छन् । नेपाली काङ्ग्रेस, नेकपा ९एमाले०, एकीकृत नेकपा ९माओवादी०ले आइतबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर श्रद्धाञ्जली तथा सहानुभूति प्रकट गरेका हुन् । ती पाटीहरुले विज्ञप्ति मार्पmत नै उद्धार र उपचारमा प्रभावकारी ढंगले काम गर्न सरकारलाई, उद्धार र राहत उपलब्ध गराउन सम्बन्धित संघसंस्थाहरु र पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् ।
0 प्रतिकृया:
Post a Comment