सदरमुकाम फुङ्लिङमा लाग्ने शनिबारे हाटबजार भरेर घर फर्कने क्रममा शनिबार साँझ सावादिनकै वडा नं. ३ स्थित चुचुली भन्ने ठाउँमा माथिबाट झरेको पहिरोले पुरेर शेर्पाको ज्यान गएको हो । शेर्पासँगै रहेका अन्य दुई जनाले भने भागेर ज्यान बचाउन सफल भएको बताइएको छ ।
मृतक शेर्पाको सव आइतबार बिहान पहिरोबाट झिकिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यता भूकम्पकै कारण जिल्लाको साँबा र पापुङको सिमानामा पनि पहिरो भत्किएको छ । सो पहिरोले साँबा हुँदै पापुङ जाने माग अवरुद्ध बनाएको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच भूकम्पबाट जिल्लामा डेढ दर्जन जति घर ध्वस्त भएका र तीन दर्जन बढी घरमा आंशिक क्षति पु¥याएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । विपद् व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले आइतबार बिहान सम्ममा सङ्कलन भएको तथ्याङ्कबमोजिम जिल्लाका १६ वटा घरमा पूर्ण र ३७ वटा घरमा आंशिक रुपमा क्षति पु¥याएको जानकारी दिनुभयो । प्रजिअ निरौलाले जिल्लाका ४८ परिवार विस्थापित भएका जानकारी दिनुभयो ।
यस्तै दुई वटा विद्यालय भवन पूर्ण र पाँच वटामा आंशिक क्षति पु¥याएको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय भवनको केही कोठाहरु प्रयोगमा ल्याउन नसकिने गरी चर्किएका छन् भने जिल्ला कारागारको एक भागको पर्खाल पनि चर्किएर धराप अवस्थामा पुगेको बताइएको छ ।
त्यस्तै भूकम्पका कारण गोठ ग्वालीहरु भत्किएर जिल्लामा आधा दर्जनको संख्यामा पशुचौपाया मरेका छन् । लेलेप १ का बुद्धराज लिम्बूका ढुङ्गाले किचेर चार वटा बाख्रा मरेका र खोक्लिङ २ का जीतबहादुर अधिकारीको एउटा भैंसी ग्वालीले किच्याएर मरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । प्रनाउ कोइरालाले अन्य विवरण आउने क्रम जारी रहेको पनि जानकारी दिनुभयो ।
यता आइतबार बिहान जिल्ला विपद् व्यवस्थापन समितिको आपतकालिन बैठक बसी विभिन्न निर्णय गरिएको संयोजक तथा प्रजिअ डमरुप्रसाद निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला भरिका प्रहरी चौकी, रेडक्रसकर्मी लगायतलाई क्षतिको विवरण सङ्कलन गर्न आग्रह गर्ने निर्णय गरिएको छ । यहाँका राजनीतिक दल, सरोकारवाला, सर्वसाधारण समेतमा विपद्मा परेकालाई उद्दारमा सहयोग गर्न आग्रह गरिएको छ भने जिल्लाका सबै विद्यालयहरुमा पाँच दिनसम्म पठनपाठन बन्द गर्ने निर्णय समेत गरिएको निरौलाले जानकारी दिनुभएको छ । sandakpur online .com
0 प्रतिकृया:
Post a Comment