मंगलबारेमा जारी लण्डन आइस मंगलबारे अन्तर्राष्ट्रिय गोल्डकपको फाईनलमा
झापा र सिक्किमले भिडन्त गर्ने भएको छ । बिहीबार सिक्किमले माईभ्यालीलाई
हराउँदै फाईनलमा प्रवेश गरेको हो । बुधबार भएको अन्तिम सेमिफाइनलमा
माईभ्याली फुटबल क्लब इलामविरुद्ध टाइब्रेकरमा ४–३ गोलको जित दर्ता गर्दै
सिक्किम फाइनलमा पुगेको हो ।
निर्धारित र अतिरिक्त समयमा १–१ गोल भई बराबरी बएपछि टाईब्रेकरमा विजेता
निर्धारण गरिएको थियो ।
खेल सुरु भएको सातौं मिनेटमा इलामका सुवास राईले गोल गरी टिमलाई अग्रता
दिलाएका थिए । राईले हेड मार्फत आकर्षक गोल गरेका थिए । त्यो अग्रता
निर्धारीत समयसम्म टिकाउन नसक्दा इलामको उपाधि चुम्ने सपना चकनाचुर बन्यो ।
प्रतिष्पर्धात्मक खेलमा ६८ औं मिनेटमा सिक्किमका लक्ष्मण सुब्बाले गोल गरी
खेललाई बराबरीमा ल्याए । यता घरेलु दर्शकको बढी समर्थक पाएको इलामले पनि
लगातार आक्रमण जारी राख्यो । दुवै टिमबाट गोल हुन सकेन । अतिरीक्त समयमा
गोल हुन नसकेपछि टाईब्रेकरमा विजेता निर्धारण गरिएको थियो ।
सिक्किमले उपाधिका लागि शनिबार फाइनलमा दावेदार मानिएको झापा फुटबल क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

0 प्रतिकृया:
Post a Comment